२०८१ मंसिर ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा छठ मेलाका लागि १५०० प्रहरी खटाइने


भद्रपुर, कात्तिक २२ । झापामा छठ पूजालाई लक्षित गरेर एक हजार ५०० जना सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

छठ पूजाको अवसरमा लाग्ने मेला र रमिता हेर्न आउनेको भीडभाडमा अप्रिय घटना हुन नदिन एक हजार १०० जना नेपाल प्रहरी र ४०० जना सशस्त्र प्रहरी खटाइएको हो ।

झापाका ५६ स्थानका नदीकिनार तथा तलाउहरुमा आज साँझ मेला लाग्नेछ । मेला हेर्न आउने र व्रतालुहरुको सुरक्षाका लागि प्रहरी खटाइएको हो ।

त्यस्तै, सवारी साधनको चाप नियन्त्रण गर्दै सडक सञ्चालन सहज बनाउन ५६ जना ट्राफिक प्रहरी खटाइएको प्रशासन कार्यालय झापाका एकजना अधिकारीले जानकारी दिए ।

गत वर्ष झापामा ५१० जना सशस्त्र प्रहरी, ३७१ जना नेपाल प्रहरी र ५५ जना ट्राफिक प्रहरी गरी ९३६ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

मेची, निन्दा, बिरिङ र रतुवा नदीको किनारमा भक्तजनहरुको बढी भीडभाड हुने भएकोले त्यहाँ ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

छठ पूजामा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer