बिर्तामोड, कात्तिक २२ । छठ पूजाका लागि झापा कनकाईको बिरिङ खोलाको घाटतर्फ जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।
दुर्घटनामा पैदलयात्री कचनकवल–६ बनियानीकी ३० वर्षीया पूजा राजवंशी, मोटरसाइकल चालक बाह्रदशी–२ बुट्टाबारीका २४ वर्षीय अविर आलम र मोटरसाइकलको अगाडि बसेका आलमका छोरा ३ वर्षीय रियाज आलम सख्त घाइते भएका हुन् ।
घाइते तीनैजनाको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज साँझ ४ः१० बजे बाह्रदशी गाउँपालिका वडा नम्बर २ लिम्बू गाउँनजिक बिरिङ पुलपूर्व हुलाकी राजमार्गमा प्रदेश १–०१–०१३ प ८३५६ नम्बरको मोटरसाइकलले पूजालाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।