बिर्तामोड, कात्तिक २३ । झापाको गौरीगञ्जमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
हिजो राति ०९ः२० बजे गौरीगञ्ज-३ ठेकीटोलास्थित हुलाकी सडक खण्डमा पश्चिम गौरीगञ्ज बजारबाट पूर्व कोरोबारीतर्फ जाँदै गरेको मे. ८ प ८८९५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएको थियो ।
तीव्र गतिमा रहेको सो मोटरसाइकलका चालक गौरीगञ्ज-४ का ३० वर्षीय रोशन मगरको हिजो राति २२ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बसेका गौरीगञ्ज-२ का ३२ वर्षीय श्याम राजवंशीको उपचार भइरहेको छ । मगर र राजवंशी दुवैजनालाई दमकको लाइफलाइन अस्पतालमा लगिएको थियो ।