२०८३ बैशाख ३१ बिहीबार
Jhapa Today
Adv top

मलेसियामा हुने हक्की फेस्टिभलमा झापाका तीनजना सहभागी हुने


बिर्तामोड, मंसिर २७ । मलेसियाको इपोहमा हुने विश्व युथ हक्की फाइभ एस क्याम्प तथा फेस्टिभलमा झापाका तीनजना सहभागी हुने भएका छन् ।

यही डिसेम्भर १७ तारिखदेखि २१ तारिखसम्म हुने फेस्टिभलमा कोशी प्रदेशको तर्फबाट दुईजना खेलाडी र एकजना अफिसियल सहभागी हुने झापा जिल्ला हक्की संघका सचिव विशाल अग्रवालले जानकारी दिए ।

फेस्टिभलमा खेलाडीहरु भद्रपुर-३ का सुदिप चौधरी र सविना राजवंशी तथा अफिसियलका रुपमा कचनकवल-३ का दिपक खतिवडा सहभागी हुँदैछन् ।


कोशी प्रदेशको हक्की टिमका सबै खेलाडी झापा जिल्लाका रहेका छन् । उनीहरु भद्रपुर र मेचीनगरका हुन् ।

Adv footer