२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीको बालसेवा विद्यालयको वार्षिकोत्सवमा दाता, शिक्षक र विद्यार्थीलाई सम्मान


दमक, फागुन २४ । झापा शिवसताक्षी ७ फाक्तेपको बालसेवा आधारभूत विद्यालयको वार्षिकोत्सवको अवसरमा दाता, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको छ ।

विद्यालयको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयको बस खरिदका दाताहरु निर्मला बास्कोटा र जितेन्द्रराज चेम्जोङलाई सम्मान गरिएको हो ।

त्यस्तै, वर्ष उत्कृष्ट शिक्षकहरु मुकेश यादव र नविन लामिछानेलाई सम्मान गरिएको थियो । त्यस्तै, बालसेवा सेभेन स्टार कार्यक्रममा उत्कृष्ट छात्रछात्राहरु र बालसेवा सेभेन स्टार नायक शिक्षक रेनुका राई घोषित भइन् ।

सोही अवसरमा सुजना शेर्मा स्मृति छात्रवृत्ति अक्षयकोष, अम्बर शेर्मा स्मृति छात्रवृत्ति अक्षयकोष, धनवर्ण हंशमाया चेम्जोङ स्मृति छात्रवृत्ति अक्षयकोष, धनकुमर रनमाया शेर्मा स्मृति छात्रवृत्ति अक्षयकोष, ताराप्रसाद कार्की स्मृति छात्रवृत्ति अक्षयकोष र सकिला राई स्मृति छात्रवृत्ति अक्षयकोषद्वार प्राप्त ब्याजको लक्षित विद्यार्थीहरुलाई नगद छात्रवृत्ति तथा ३५ जना विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक वेणुप्रसाद कार्कीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक कार्कीले विद्यालयको भावी योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वेच्छिक अवकाश लिएका शिक्षक बमबहादुर बुढाथोकी तथा सरुवा भएका शिक्षक ममता लिम्बूलाई विदाइ गरिएको थियो भने सरुवा भएर आएका शिक्षक सन्देश घिमिरेलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षीका सचिव हेतिराज निरौला, नेपाल रेडक्रस शिवसताक्षी शाखाका सभापति गोविन्द काफ्ले, भानु माविका प्रधानाध्यापक डामकुमार कुँवर, विद्यालयका संस्थापक अध्यक्ष जितेन्द्रराज चेम्जोङ, शिवसताक्षी नगर शिक्षा शाखा प्रमुख छवि ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक रेनुका राईले गरेकी थिइन् भने सञ्चालन शिक्षक सन्तोष खत्री र गणेश कटुवालले गरेका थिए ।

Adv footer