२०८२ जेठ ३० शुक्रबार
Jhapa Today
Adv top

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी


बिर्तामोड, जेठ ३० । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा लापरबाही हुने गरेको गुनासोपछि मन्त्रालयले स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ कार्यविधि जारी गरेको हो ।

कार्यविधिमा वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकका लागि अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षण र प्रयोगशाला परीक्षणको विस्तृत सूची समावेश गरिएको छ ।

जेठ २३ गते वैदेशिक रोजगार नियमावलीअनुसार गठित विशेषज्ञ समितिको बैठकबाट भएको निर्णयबमोजिम मन्त्रीस्तरको निर्णयअनुसार वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्था, सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधिलाई संशोधन गरिएको हो ।

श्रम मन्त्रालयका अनुसार प्रमुख गन्तव्य देश मलेसिया, कतार, साउदी अरेबिया, युएई र युरोपेली देशहरूले राखेको मापदण्डअनुसार स्वास्थ्य जाँचमा वृद्धि गरिएको जनाइएको छ ।

प्रयोगशालामा अनिवार्यरुपमा निम्न बमोजिमको अद्यावधिक अभिलेख दुरुस्त राख्नुपर्नेछः-

• परीक्षण सम्बन्धी SOP.
• Internal Quality Control Assessment (IQA) को अभिलेख
• External Quality Control Assessment (EQA) को अभिलेख,
• Reagent खरिद गरेको अभिलेख,
• रेफ्रिजिरेटरको दैनिक तापक्रम मापन गरेको अभिलेख,
• मेसिनरी औजार मर्मत सम्भार गरेको अभिलेख,
• मेसिनरी औजार खरिद गरेको अभिलेख,
• मेसिनरी औजार संस्थाको स्वामित्वमा रहेको प्रमाण
• वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गरिएको अभिलेख रिपोर्ट ।

Adv footer