२०८२ जेठ ३१ शनिबार
Jhapa Today
Adv top

औषधि व्यवसायीको साधारणसभा असार १० मा


बिर्तामोड, जेठ ३० । नेपाल औषधि व्यवसायी संघ झापाको अधिवेशन यही असार दोस्रो साता हुने भएको छ । संघको दमकमा बसेको बैठकले तेस्रो अधिवेशनको मिति तय गरेको हो ।

संघका अध्यक्ष जीवनकुमार खड्काका अनुसार जेठ ६ गतेको बैठकको निर्णयअनुसार तेस्रो साधारणसभा यही असार १० गते दमकमा हुने तय भएको हो ।

साधारणसभाकै दिन संघको स्थापना दिवसको उपलक्ष्यमा संघको झन्डोत्तोलन समेत गरिने कार्यक्रम रहेको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

Adv footer