२०८२ असार ५ बिहीबार
Jhapa Today
Adv top

इलाम रोङका वृद्धालाई पनि कोरोना संक्रमण


बिर्तामोड, असार ५ । झापाको बिर्तामोडपछि इलामका अर्का एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

इलामको रोङ गाउँपालिका ४ बस्ने ७४ वर्षका वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनी बाहिर कतै नगए पनि कोरोना संक्रमण देखिएको हो ।

कोरोनाको लक्षण देखिएपछि प्रादेशिक अस्पताल भद्रपुरबाट ती वृद्धको र्यालको नमुना संकलन गरेर एक साताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो ।

जुन नमुनाको पिसिआर परीक्षण गर्दा पोजिटिभ देखिएको प्रादेशिक अस्पताल भद्रपुरको प्रयोगशालाले जनाएको छ ।

अस्ति बेलुका रिपोर्ट आएर हिजो बिहान सम्बन्धित व्यक्तिलाई जानकारी गराइएको थियो । केही दिनअघि झापा बिर्तामोडकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Adv footer