२०८२ साउन २० मंगलबार
Jhapa Today
Adv top

बिर्तामोड चिल्ड्रेन अस्पतालमा नौ महिने शिशुको दुर्लभ रोगको सफल उपचार


बिर्तामोड, साउन २० । झापाको अर्जुनधारा-५ चाँदनी चोककी एकजना नवजात शिशुमा भएको दुर्लभ र अनौठो रोगको बिर्तामोड चिल्ड्रेन अस्पतालमा सफल उपचार गरिएको छ ।

अस्पतालका नवजात शिशु तथा बालरोग विशेषज्ञ डक्टर रुपक आर्चायले दिपा गिरीकी नौ महिनाकी छोरी अनुश्रीलाई जटिल अवस्थामा अस्पताल भर्ना गरेको र उनलाई सुपर रेफ्रेक्ट्री रेस्टटस एपिलेप्टिकस नाम रोग लागेको बताए ।

आर्चायका अनुसार एक प्रकारको दुर्लभ र अनौठो यो रोग विश्वमा प्रत्येक १० लाखमा ४२ जनालाई लाग्ने रोग हो । यो रोग छारे रोगजस्तै हुन्छ । समयमै अस्पताल ल्याएकाले गिररीको उपचार सम्भव भएको अस्पतालले जनाएको छ ।

चिकित्सकको निरन्तरको निगरानी तथा नर्सिङ क्षेत्रबाट राम्रो हेरचहार भएमा यस्ता रोगहरु पनि निको पार्न सकिन्छ भन्ने उदाहरण बिर्तामोड चिल्ड्रेन अस्पतालले सफलतापूर्वक उपचार गरेर प्रमाणित गरेको आचार्यले झापा टुडेसँग बताए ।

साउन २ गते बिहान ४ बजेदेखि अचानक सुतिरहेको अवस्थामा नानीलाई छारेले भेटेपछि दिपाले नजिकैको क्लिनिकमा लगेकी थिइन् । तर, त्यहाँबाट आइसियु भएको अस्पताल लैजान सुझाव दिएपछि उनी बिर्तामोड चिल्ड्रेन अस्पताल पुगेकी थिइन् ।

उपचार सफल भएपछि गिरीले भनिन्, यहाँ ल्याएपछि चिकित्सकको निगरानी र नर्सहरुको केयर देख्दा अब मेरो नानी ठिक हुन्छ भन्ने विश्वास लागेको थियो । आज त्यो विश्वास पूरा भएको छ । म ज्यादै खुसी छु ।’

उपचारबारे आर्चायले भने, ’यस्तो अस्थामा भेन्टिलेटरमा राखेर निरन्तर चिकित्सक र अनुभवी नर्सिङ स्टाफको निगरानीका कारण यो रोग निको पार्न सम्भव भयो ।’

उनले कतिपय अवस्थामा बालबालिकाको ज्यानै जान सक्ने खतरा रहेको बताए । शिशु तथा बालबालिकामा अचानक छारे आएर ज्वरो आए तथा कुनै समस्या आएका तत्काल उपचार गरेमा उसमा हुने अन्य शारीरिक दुर्बलतालाई कम गर्न सकिने डक्टर आचार्यको भनाइ छ ।

अस्पतालले सोमबार नानीलाई डिस्चार्ज गरेको छ । बिर्तामोड चिल्ड्रेन अस्पतालकी नर्सिङ इन्चार्ज गोमा सिटौलाले अभिभावको सहकार्यले गर्दा नानीको उपचारमा सफलता हासिल गरेको बताइन् ।

भेन्टिलेटरमा राख्दा डक्टरको मेनहत, नर्सिङको टिम तथा अभिभावकले गरेको सहकार्य तथा विश्वासकै कारण नानीको उपचार सफल भएको उल्लेख गरिन् । चौबीसै घण्टा चिकित्सकको निगरानी हुने भएकाले पछिल्लो समय बिर्तामोड चिल्ड्रेन अस्पतालले सबैको विश्वास जित्दै गएको छ ।

Adv footer