
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर सडकमै ढलेका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

आज दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाएको थियो । सो गोली लागेर अर्जुनधारा ६ का अन्दाजी २६ वर्षीय गोपाल सेढाईको मृत्यु भएको हो ।

दिउँसो ४ बजेतिर गोली लागेर सेढाई सडकमै ढलेका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

प्रहरीसंगको झडपमा परेर आज बिर्तामोडमा करिव दुई दर्जन घाइते भएका छन् । उनीहरुको बीएण्डसीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।






