
बिर्तामोड, भदौ २४। पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ।

प्रदर्शनकारीले खनालको काठमाडौँको डल्लुस्थित घर जलाउने क्रममा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो ।

घटनापछि गम्भीर घाइते भएकी चित्रकारलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार सुरु गरिएको र थप उपचारका लागि कीर्तिपुर लगिएको थियो।
