२०८३ जेठ १४ बिहीबार
Jhapa Today
Adv top

एक हप्ताअघि हराएका मेचीनगरका राजपुतको शव भेटियो


बिर्तामोड, असोज २३ । झापाको मेचीनगरबाट हराइरहेका एकजना युवाको शव भेटिएको छ । प्रहरीका अनुसार उनको शव सडेको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक हप्ताअघि सम्पर्कविहीन बनेका मेचीनगर-१ देवीगञ्ज बस्ने २५ वर्षीय सुजन राजपुतको शव सडेको अवस्थामा भेटिएको हो ।

राजपुतको शव हिजो दिउँसो ४ः३० बजे मेचीनगर-१ स्थित सीता पाण्डेको धान खेतमा सडेरको अवस्थामा भेटिएको थियो । उनी उत्तानो अवस्थामा मृत भेटिएका हुन् ।

स्थानीयबासीले शव देखेर प्रहरी चौकी तिरिङखोलामा जानकारी गराएका थिए । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

उनी असोज १७ गतेदेखि कसैलाई जानकारी नगराई घर छाडेर सम्पर्कविहीन भएका थिए । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

Adv footer