२०८३ जेठ १४ बिहीबार
Jhapa Today
Adv top

हात्ती धपाउन झापामा विशेष गस्ती


बिर्तामोड, असोज २४ । झापाको डिभिजन वन कार्यालयले बाहुनडाँगी क्षेत्रमा हात्तीको हुलबाट सुरक्षा गर्न असोज ८ गतेदेखि विशेष गस्ती टोली परिचालन गरेको छ ।

टोलीमा सशस्त्र वन रक्षकसहित छजना छन् र धान नभित्र्याएसम्म निरन्तर गस्ती गर्ने योजना छ । झापामा विगत दुई दशकमा हात्तीको आक्रमणमा ७५ जनाले ज्यान गुमाएका र २५ वटा हात्ती मरेका छन् ।

बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छजनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ ।

किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहनेछ । विगतका वर्षमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको बाली सखाप पारेका थिए ।

Adv footer