२०८३ जेठ १४ बिहीबार
Jhapa Today
Adv top

शिवसताक्षीमा अटोरिक्सा पल्टिँदा चेम्जोङको मृत्यु


बिर्तामोड पुस १७ । झापाको शिवसताक्षीमा तीनपांग्रे अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना हिजो राति ९ः३० बजे भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी–१ का अटोरिक्सा ४० वर्षीय चालक वीरबहादुर चेम्जोङ रहेका छन् ।

हिजो राति लक्ष्मीनारायण माविनजिक भित्री पक्की सडकखण्डमा धरमपुर चोकबाट चर्चाबारी घरतर्फ जाँदै गर्दा चेम्जोङले चलाएको प्र १–२–००२ ह ९६९९ नम्बरको अटोरिक्सा आफैँ अनियत्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा टाउकोमा चोट लागेर घाइते भएका चेम्जोङलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएकोमा डाक्टरले जाँच गर्दा मृत्यु भइसकेको जनाएका थिए ।

Adv footer