२०८३ जेठ १४ बिहीबार
Jhapa Today
Adv top

घट्यो सुनचाँदीको मूल्य


बिर्तामोड, पुस १७ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

अघिल्लो दिन बुधबार तोलाको ४ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २२ हजार ५६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Adv footer