२०८३ जेठ १३ बुधबार
Jhapa Today
Adv top

मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्रीको मृत्यु


बिर्तामोड, माघ १९ । झापा गाउँपालिकाको सडकबारीस्थित हुलाकी सडकखण्डमा भएको मोटरसाइकलको दुर्घटनामा घाइते साइकलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका वडा नम्बर २ सडकबारी बस्ने ७१ वर्षीय गणेशकुमार भण्डारी रहेका छन् ।

माघ १६ गते दिउँसो ४ः३५ बजे गौरीगञ्जबाट झापा बजारतर्फ आउँदै गरेको प्र १–०२–०५४ प ९३९३ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट जाँदै गरेका साइकलयात्री भण्डारीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा साइकलयात्री भण्डारी, मोटसाइकल चालक विराटनगर १४ बस्ने २८ वर्षीय हेमन्तकुमार साह र पछाडि बसेका २६ वर्षीय धीरजकुमार साह घाइते भएका थिए ।

तीनैजनालाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । साइकलयात्री भण्डारीको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Adv footer