२०८२ फागुन ७ बिहीबार
Jhapa Today
Adv top

घण्टौँसम्म पिसाब रोक्दा शरीरमा पार्छ यस्तो असर


बिर्तामोड, फागुन ७ । के तपाईं पिसाब लाग्दा पनि बेवास्ता गर्नुहुन्छ ? यदि तपाईं बारम्बार यसो गर्नुहुन्छ भने सावधान हुनु आवश्यक छ । पिसाब रोकिराख्दा त्यो मूत्राशय (ब्ल्याडर)भित्र जम्मा हुँदै जान्छ । मूत्राशय असहज रूपमा तन्किने अवस्थासम्म पिसाब संचित रहन्छ । यस्तो बानीले शरीरमा विभिन्न समस्या निम्त्याउन सक्छ ।

मांसपेशी कमजोर हुने जोखिम
शरीरको स्वाभाविक नियम अनुसार कुनै पनि मांसपेशीलाई लामो समयसम्म अत्यधिक तन्काइएमा त्यसको शक्ति र टोन घट्दै जान्छ । पिसाब रोकिराख्दा मूत्राशयका मांसपेशी पनि कमजोर हुन सक्छन् । कमजोर मूत्राशयले दबाब सहन नसक्दा ठूलो स्वरले हाँस्दा, खोकी लाग्दा वा हाच्छ्युँ गर्दा समेत पिसाब चुहिन सक्छ ।

ब्याक्टेरिया संक्रमणको सम्भावना
मूत्राशय अत्यधिक तन्किँदा यसको संकुचन (निचोर्ने) क्षमता घट्छ । त्यसका कारण शौचालय जाँदा पनि मूत्राशय पूर्ण रूपमा खाली नहुन सक्छ र केही पिसाब भित्रै बाँकी रहन सक्छ । शरीरभित्र बाँकी रहेको पिसाब ब्याक्टेरिया बढ्नका लागि उपयुक्त वातावरण बन्न सक्छ । यसले संक्रमणको जोखिम बढाउँछ ।

मिर्गौलामा ढुंगा बन्ने खतरा
पिसाब लामो समयसम्म शरीरभित्र रहँदा यो बाक्लो हुन थाल्छ । त्यसमा रहेका खनिज तत्वहरू एकै ठाउँमा जम्न सक्छन् । यही जमावटले पछि गएर मिर्गौलामा ढुंगा (किड्नी स्टोन) बन्ने सम्भावना बढाउन सक्छ ।

स्वास्थ्यका लागि समयमै पिसाब त्याग गर्ने बानी विकास गर्नु आवश्यक छ ।

Adv footer