
बिर्तामोड, बैशाख १७ । झापा बिर्तामोडको न्युटन्स एजुकेसन एकेडेमीले विश्व मजदुर दिवसको पूर्वसन्ध्यामा एक कार्यक्रमको आयोजना गर्दै आफ्ना बस चालक, सहचालक र सरसफाइ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

१३७ औँ विश्व मजदुर दिवशको पूर्वसन्ध्यामा आज विद्यालय परिसरमा आयोजित कार्यक्रममा चालक, सहचालक र सरसफाइ कर्मचारीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा लामो समयदेखि विद्यालयको सेवा गर्दै आएका चालक र परिचालिकाहरूको मेहनत, अनुशासन र समर्पणको कदर गर्दै मायाको चिनो प्रदान गरी सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक हुमागाईंले दैनिक विद्यालय सञ्चालनमा चालक, सहचालक र सरसफाइसहितका काममा कार्यरत कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन् । भोलि शुक्रबार मे १ अर्थात् विश्व मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।






