
बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले हिजो साँझ ६ बजे उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मेचीनगर–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड–६ का ३६ वर्षीय भुवन मेचे रहेका छन्। प्रहरीले गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफे तथा मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुवैजनालाई आज जिल्ला अदालत झापाबाट सट्टाबाजी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि दुई दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।





