२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

उदयपुरमा ८ भारतीयमा कोरोना संक्रमण


झापा, बैशाख ५ । प्रदेश नम्बर १ को उदयपुरस्थित एक मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० भारतीयमध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार उनीहरुको स्वाब परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो । परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालयसँगै केन्द्रमा पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer