२०८२ बैशाख १० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाको सहयोग


बिर्तामोड, फागुन ३ । वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिबारी ३ की मिर्गौलारोगी मञ्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य राष्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले सामाजिक उत्तरदायित्व बहन गरेर झापाली समाज माल्टाको नेतृत्वमा उक्त सहयोग संकलन गरी हस्तान्तरण गरेको समाजका संयोजक शर्मिला बस्नेतले जानकारी दिइन् ।

झापा हल्दिबारी ३ निवासी मृगौलारोगी मञ्जु ठकुरीको उपचारका लागि सहयोग गर्न वडा अध्यक्ष रोशन शिवाकोटीले पत्राचार गरेपछि माल्टामा कार्यरत ३५ जना दाताहरूबाट संकलित रकम ९० हजार नेपाली रुपैयाँ संकलन गरिएको संयोजक बस्नेतले बताएकी छन् ।

फागुन २ गते आइतबार झापाली समाज माल्टाका प्रतिनिधि एकराज राउत र एलआर पौडेलले पीडित बिरामीको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् । सहयोग रकम बुझ्दै ठकुरीले झापाली समाज माल्टा र सहयोगी दाताहरु सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

Adv footer