२०८२ असार १८ बुधबार
Jhapa Today
Adv top

मेगा कम्प्लेक्समा युनिकम


बिर्तामोड, फागुन २४ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) को बिर्तामोडस्थित मेगा कम्प्लेक्समा समिति गठन भएको छ ।

सोमबार आयोजित एक कार्यक्रमका बीच सुनिता दर्जीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिको सचिवमा हेमराज राजवंशी तथा सदस्यहरुमा भीम पौडेल, अनिता भट्टराई र दीक्षा तामाङ छन् ।

युनिकम नेपाल बिर्तामोड अध्यक्ष कविन्द्र नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यालय प्रतिनिधि प्रतिमा राउत, पूर्वअध्यक्ष ओमकुमार भूजेल, अर्जुन पौडेल, तारा तामाङ, दिपक विष्ट, पंकज पासवान, रोहिणी मण्डल, पविना धिमाललगायतको उपस्थिति रहेको थियो ।

Adv footer