२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नेप्लिज टिन्स वार्षिकोत्सव: दुईजना विद्यार्थीलाई १० कक्षासम्म निःशुल्क पढाउने


बिर्तामोड, भदौ ११ । किशोरावस्थाका युवालाई एकताबद्ध गरेर सामाजिक काममा अग्रसर रहँदै आएको नेप्लिज टिन्सले आफनो छैटौँ वार्षिक उत्सव मनाएको छ । साथै, दिपिका लिम्बू स्मृति दिवस पनि सम्पन्न गरेको छ ।

दिपिकाको शव रहेको सालबारी झिलमा गई सरसफाई कार्यक्रम साथै दिप प्रज्वलन कार्यक्रम पनि गरिएको छ । आफ्नो टिमकी महत्वपूर्ण तथा सक्रिय सदस्य दिपिकाको निधन भएपछि नेप्लिज टिन्स संस्थागत रुपमा दर्ता भएर सामाजिक कार्य निरन्तर सक्रिय हुँदै आएको हो ।

संस्थाका संस्थापक तथा अध्यक्ष मनिष बस्नेतका अनुसार यो वर्षबाट आर्थिक अवस्था एकदमै कमजोर भएका र पढाई राम्रो भएको दुईजना विद्यार्थीलाई कक्षा १ देखि १० सम्म निःशुल्क पढाउने भएको छ ।

बिर्तामोड २ रामचोकमा रहेको मोहनमाया माविमा अध्ययन गर्ने ती दुई विद्यार्थीको सम्पूर्ण खर्च नेप्लिज टिन्सल ब्यहोर्ने बस्नेतले जानकारी दिए ।

त्यस्तै, वार्षिकोत्सवको अवसर पारेर संस्थाले राजु चौधरी बचाउ अभियानलाई ६५ हजार ६०० रुपैयाँ संकलन गरी खातामा जम्मा गरेको छ । नेप्लिज टिन्समार्फत विभिन्न सहयोगी दाताहरुबाट प्राप्त हालसम्मको सो रकम जम्मा गरिएको र रकम संकलनलाई निरन्तरता दिइने बस्नेतले बताए ।

संस्थाले हाम्रो लोकल बजारसँग समन्वय गरी २ दिने अनलाइन डेलभरी प्रोग्राम सञ्चालन गरेको छ । जसबाट संकलित सम्पूर्ण नाफा राजु चौधरी उपचारार्थ अभियानमा जम्मा गर्ने उद्देश्य राखिएको छ ।

त्यस्तै, मुख्य राजमार्गमा भएका पिचका खाल्डाहरुबारे बिर्तामोड ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलाई जानकारी गराउँदै त्यसको व्यवस्थापन गर्न र खाल्डाहरुबाट सिर्जित दुर्घटनाहरु रोक्न विशेष कदम चाल्न अनुरोध गरेको बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer