२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इक्यान रजत महोत्सवमा आश्रमलाई सहयोग


बिर्तामोड, भदौ १३ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका ‘कन्सल्टेन्सी’ हरु संस्थागत भएको २५ वर्ष लागेको छ ।

२५ वर्षअघि गठन भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखा पनि आज सामाजिक गतिविधि गरेर रजत महोत्सव मनाएको छ । झापाको बिर्तामोड–४ मा रहेको तारा नमस्ते बाल आश्रममा खाद्यान्न, खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै इक्यान झापाले २५ औँ वार्षिकोत्सव मनाएको झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलले जानकारी दिए ।

इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष मिलन ओली, सचिव मदन बुढाथोकी, कोषाध्यक्ष राज कार्की, अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा, रियल वल्र्डका सञ्चालक राज मुखियाले इक्यानले शिक्षाका क्षेत्रमा विभिन्न काम गर्दै आएको बताए ।

उनीहरुले आश्रमका बालबालिकालाई इक्यानको तर्फबाट गर्ने शैक्षिक सहयोग निःशुल्क रुपमा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा केन्द्रीय अध्यक्ष पाण्डेले झापामा इक्यानले सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै इक्यान झापाको प्रशंसा गरे ।

लक डाउनका कारण लामो समयदेखि बन्द हुँदा कन्सल्टेन्सी व्यवसाय पनि धरासायी बन्न पुगेको झापा अध्यक्ष जमरकट्टेलले बताए । अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गर्दै रजत महोत्सव मनाउन पाउँदा खुसी लागेको इक्यान झापाका सचिव बुढाथोकी बताए ।

आश्रममा दस बालक र आठ बालिका गरी १८ जना बालबालिका आश्रित रहेका छन् । आश्रममा रहेका बाललबालिकाहरु बिर्तामोडका विभिन्न निजी विद्यालयमा निःशुल्क रुपमा अध्ययन गर्दै आएको आश्रमका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।

कार्यक्रमको सहजीकरण अतिरिक्त विभाग प्रमुख सापकोटाले गरेको गरेका थिए ।

Adv footer