२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

परिसंघले गठन गर्‍यो विदेशी लगानी सहजीकरण समिति


बिर्तामोड, भदौ १४ । नेपाल उद्योग परिसंघले विदेशी लगानी सहजीकरण समिति गठन गरेको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोष संयोजक रहने गरी समिति गठन भएको हो ।

समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवम् सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन छन् । यस्तै, समितिको सदस्यमा गौरव गोयल छन् ।

समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउँदा आउने समस्या समाधानका लागि नीतिगत मध्यस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्नेछ । यसैगरी समितिले नेपालमा विदेशी लगानीका लागि उच्च प्रतिफलमुखी क्षेत्र पहिचान एवम् सरोकारवाला निकायसँग सहजीकरणको काम पनि गर्नेछ ।

समितिको बैठकमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल लगानीको लागि उचित गन्तव्य रहेको भन्दै लगानीमैत्री नीतिगत व्यवस्था हुनुपर्ने बताए । लगानीका लागि झन्झटिला कानुनी व्यवस्था परिमार्जनका लागि समितिले आवश्यक पहल गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड थियो ।

समितिको बैठकमा उपाध्यक्ष ढकालले विदेशी लगानी भित्र्याउन आवश्यक सहजीकरणका लागि सरोकारवालासँग छलफल एवम् अन्तरक्रिया अघि बढाउने बताए । ‘हामीसँग सम्भावना भएर पनि धेरै उपलब्धि भएका छैनन्,’ उनले भने, ‘कतिपय उद्योगमा लगानी घोषणा भएर पनि कार्यान्वयन हुन सकेको छैन, त्यसमा के समस्या छन् त्यसलाई समाधन गर्न पनि समितिले काम गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer