२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा २००० जनालाई खोप


बिर्तामोड, असोज ३ । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा बिर्तामोड क्षेत्रका दुई हजारजना व्यवसायी र पसल श्रमिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

दुई दिने खोप कार्यक्रमको आयोजना गरी संघले अतिथि सदनमा हिजो र आज खोप लगाइदिएको प्रवक्ता सञ्जीव घिमिरेले बताए । कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो दिन ७३६ जना र दोस्रो दिन एक हजार २६४ जना गरी दुई हजारजनाले खाप लगाएका हुन् ।

कोरोनाको संक्रमणका कारण लामो समय व्यवसाय बन्द हुँदा समस्यामा परेको भन्दै यसअघि संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग समेत गरेको थियो ।

स्थानीय, प्रदेश र संघीय सरकारसँग पटकपटक खोप लगाइनदिन आग्रह गरे पनि व्यवसायीलाई सरकारले प्राथमिकता नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा व्यवसायीहरुलाई खोप लगाइएको घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer