२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा १० तले अपार स्टार टावर अपार्टमेन्ट बन्ने


बिर्तामोड, असोज २६ । झापाको बिर्तामोडमा स्टार धनलक्ष्मी हाउजिङ प्रालिको उद्घाटन गरिएको छ । फूलपातीको अवसर पारेर कम्पनीको कार्यालय उद्घाटन गरिएको हो ।

प्रालिको उद्घाटन ज्येष्ठ नागरिक तथा पुराना व्यवसायी द्वारिकाप्रसाद मित्तलले एक कार्यक्रमका बीच मंगलबार गरेका हुन् । कार्यक्रममा नेपाल एभरेस्ट कार्डोमाम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालिको कार्यालय पनि उद्घाटन गरियो ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल एभरेस्ट कार्डोमाम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालिका सञ्चालक ओमकृष्ण बिमलीले स्वदेशमै केही गर्नका लागि कम्पनीको स्थापना भएको बताए । अपार इन्भेस्टमेन्ट प्रालिको तर्फबाट स्टार धनलक्ष्मी हाउजिङ सुरु गर्न लागिएको पनि उनले जानकारी दिए ।

अपार इन्भेस्टमेन्टमा लगानीकर्ताको समूह मिलेर थोरैथोरै लगानी गर्दा ठुलो काम गर्न सकिने गरी काम अघि बढाइएको उनको भनाइ थियो । अपार इन्भेस्टमेन्ट प्रालिका प्रमुख मनोज उप्रेतीले बिर्तामोडमा अपार स्टार टावर बनाउन लागेको जानकारी दिए ।

उनका अनुसार यो टावर एक व्यावसायिक अपार्टमेन्ट हो । झापामै पहिलो अपार्टमेन्टको रुपमा बन्न लागेको अपार्टमेन्टमा ७२ वटा फ्ल्याट हुनेछन् । निर्माण कार्यको जिम्मेवारी पाएको मेगा बिल्ड प्रालिका सिभिल इन्जिनियर श्रवणकुमार पाण्डेका अनुसार ७ कठ्ठा क्षेत्रफलमा १०औँ तलाको संरचना तयार हुनेछ ।

जसमा ग्राउन्ड फ्लोरमा पार्किङ रहनेछ भने अन्य प्रत्येक तलामा ८ वटा फ्ल्याट निर्माण हुनेछ । २ महिनापछि निर्माण कार्य सुरु गरी करिब ३ वर्षमा पूर्ण टावर निर्माण सम्पन्न हुने पनि उनले बताए ।

नेपाल एभरेस्ट कार्डोमामकी पार्वता खरेल बिमलीले स्वागत गरेको कार्यक्रममा अलैँची व्यवसायी तथा रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईलगायतले आफ्ना भनाइ राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer