२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

चौधरीद्वारा नाडाको अध्यक्षका लागि झापाबाट उम्मेदवारी घोषणा


बिर्तामोड, कात्तिक ७ । चौधरी ग्रुपका सदस्य करण चौधरीले अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्ष पदको उम्मेदारी झापाबाट घोषणा गरेका छन् ।

यही मंसिर २२ र २३ गते हुने ४५ औँ अधिवेशनका लागि आइतबार चौधरीले आगामी कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् ।

चौधरीको नेतृत्वमा सदस्य पदका लागि राजनबावु श्रेष्ठ, अभिक ज्योति, सुरेन्द्रकुमार उप्रेती, अनुप बराल, विक्रम सिघांनिया, पंकज अग्रवाल, निलमणि पाठक, गंगाराज भट्टराई, प्रकाश कपुरीले उम्मेदवारी घोषणा गरेका हुन् ।

मेची अटो मोबाइल्स डिलर्स एसोसिएसनले संयोजन गरेको कार्यक्रममा उनीहरुले सामुहिक उम्मेदवारी घोषणा गरेका थिए । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नाडाका केन्द्रीय अध्यक्ष कृष्ण दुलालले नाडालाई आफ्नो पहलमा देशव्यापी रुपमा विस्तार गरेको बताए ।
उनले अटो मोबाइल्स व्यवसायीहरुको हितका लागि नाडाले काम गर्दै आएको र सरकारलाई कुल राजश्वको २५ प्रतिशत योगदान आफूहरुको रहेको बताएका थिए ।

नेपालमा ४० हजार सवारी साधन रहेको र त्यसमा ८० प्रतिशत दुई पांग्रे सवारी रहेको बताउँदै नेपालमा अझै पनि थोरै मानिसले मात्रै चार पांग्रे सवारी साधान उपयोग गर्दै आएको जानकारी दिए ।

अध्यक्ष पदका प्रत्यासी चौधरीले आफ्नो नेतृत्वमा उम्मेदवारीको नामावली सार्वजनिक गर्दै देशभरका समग्र अटो मोबाइल्स क्षेत्रका सबै व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मेची अटो मोबाइल्स डिलर्स एसोसिएसनका संरक्षक बिनोद वस्नेतको अध्यक्षतामा भएको उम्मेदवारी घोषणा कार्यक्रममा नाडाका उपाध्यक्ष सुवास भट्टराई, कोषाध्यक्ष सुरेशकुमार उप्रेती, सदस्य प्रकाश कपुरी, राजनबाबु श्रेष्ठले धारणा राखेका थिए ।

बजार दैनिककी सम्पादक मनिषा चम्लागाईंले सञ्चालन गरेको कार्यक्रममा स्वागत मेची अटो मोबाइल्स डिलर्स एसोसिएसन कार्यवहाक अध्यक्ष प्रकाश शिवाकोटीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer