२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

गुणस्तरीयको नाफा २ लाख ३८ हजार


बिर्तामोड, कात्तिक १३ । झापाको बिर्तामोड १ मा रहेको गुणस्तरीय कृषि सहकारी संस्था लिमिटेडले पछिल्लो एक वर्षमा २ लाख ३८ हजार ६७७ रुपैयाँ नाफा कमाएको छ ।

आज बिर्तामोडमा भएको संस्थाको छैटौँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले ९३ लाख ८० हजार ऋण प्रवाह गरेको छ । १३९ शेयर सदस्य रहेको संस्थाले लकडाउनको अवधिमा पनि सो नाफा कमाएको हो ।

संस्थाले आगामी आर्थिक वर्र्षमा शेयर लाभांश वितरण, संरक्षित पुँजीकोष वितरण, सुत्केरी पोषण कार्यक्रम, समवेदना र राहत कार्यक्रम, कृषि सामग्री व्यवस्थापन, कौसीखेती, कृषि कर्जालाई प्राथमिकता, कृषि उद्यमी पुरस्कार लगायतका दर्जनौँ कार्यक्रम तथा योजनाहरु अघि सारेको छ ।

कार्यक्रममा अतिथिहरु बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, सहकारी निरीक्षक डिल्ली दाहाल, पूर्णिमा कृषि सहकारीका अध्यक्ष छविलाल विश्वकर्मा, स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव बस्नेत, झापा जिल्ला सहकारी संघकी सदस्य चन्द्रकला अधिकारीले शुभकामना तथा सुझाव दिएका थिए ।

संस्थाका अध्यक्ष गुरुप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष केदार ढुंगानाले गरेका थिए भने सञ्चालन सचिव कर्णबहादुर पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer