बिर्तामोड, मंसिर २५ । वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविन खड्का निर्वाचित भएका छन् ।
मंसिर २४ र २५ गते बिर्तामोडमा भएको ४१ औँ साधारणसभाबाट खड्का अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
वीरता जेसीजका कार्यालय सचिव सञ्जय राजवंशीका अनुसार कार्यकारिणी उपाध्यक्षमा कुशल खतिवडा र युवराज कुँवर, उपाध्यक्षमा वसन्त ढकाल, दिपेन धिमाल, प्रवास थापा मगर र दिपक शाह छन् ।
त्यस्तै, तालिम संयोजकमा जनक खड्का, संयुक्त सचिवमा अनन्तलाल महतो, प्रकरण निर्देशकमा सुरज चौधरी र जनसम्पर्क अधिकारीमा कृष्ण अग्रवाल सर्वसम्मत चयन भएको राजवंशीले जानकारी दिए ।
महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र कानुन सल्लाहकार भने अध्यक्षले मनोनित गर्ने बताइएको छ ।