२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई बहुउद्देश्यीय आयोजना: चुरे संरक्षण क्षेत्रबाट १ लाख रुख काटिने, एउटा हाइड्रो नै डुब्ने


झापा, माघ ८ । कनकाई बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) प्रतिवेदन तयार भएको छ  । आयोजनाको प्रस्तावक विद्युत विकास विभागले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको हो ।

प्रस्तावक, विद्युत विकास विभागले नेपालको प्रदेश नं. १ का इलाम जिल्लाको माङसेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिका, चुलाचुली गाउँपालिका र झापा जिल्लाको शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकामा कनकाई बहुउद्देश्यीय आयोजना पहिचान गरिएको छ । विद्युत विकास विभाग र परामर्शदाता GEOCE Consultants Pvt. Ltd.,Sanima Hydro and Engineering Pvt. Ltd. and Beam Consultant Pvt. Ltd. (BCPL) सन् २०१७ जुन १२ गते सम्झौता भएको थियो । 

कनकाई बहुउद्देश्यीय आयोजना नेपालको प्रदेश नं. १ को इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाको वडा नं. ३, ४ र ५, माई नगरपालिकाको वडा नं. १, २,३,४, ५, ६,७,८, ९ र १०, देउमाई नगरपालिकाको वडा नं. ७ र ९, इलाम नगरपालिकाको वडा नं. ११ चुलाचुली गाउँपालिका वडा नं. १, २ र ३, र झापा जिल्लाको शिवसताक्षी नगरपालिकाको वडा नं. ९, १० र ११, कनकाई नगरपालिकाको वडा नं. १, २ मा रहेको छ ।

प्रस्तावित आयोजना बहुउद्देश्यीय आयोजना हो जसअन्तर्गत जलविद्युत आयोजना, Flood control, पानी परिवहन, माछा पालन, पर्यटन क्षेत्रको विकास, सिँचाइ प्रणाली आयोजनाहरु पर्दछन्। जलविद्युत आयोजना जालाशय प्रकारको आयोजना हो। जलविद्युत आयोजना, Flood control , पानी परिवहन, माछा पालन, पर्यटन क्षेत्रको विकास, सिँचाइ प्रणाली प्रस्तावित आयोजनाका मुख्य अवयवहरु हुन्। जलविद्युत आयोजनाले ६० मे. वा. विद्युत उत्पादन गर्छ भने सिँचाइ प्रणालीले ५१,७५० हे. (CCA) जग्गा सिँचाइ गर्दछ ।

प्रतिवेदन अनुसार  जलविद्युत आयोजनाको डिजाइन डिस्चार्ज १०२ घनमिटर प्रति सेकेण्ड, नेट हेड ६७ मि. रहेको छ। यस जलविद्युत आयोजनाको वार्षिक ऊर्जा उत्पादन ३०२.८७ गिगावाट आवर (वर्षा याम-१८५.४१ गिगावाट आवर, सुख्खा-११७.४६ गिगावाट आवर) रहेको छ। आयोजनाको निर्माण र संचालनले प्रस्तावित क्षेत्रमा भौतिक, जैविक, सामाजिक-आर्थिक र साँस्कृतिक वातावरणमा प्रतिकूल प्रभाव पार्नेछ ।

भौतिक प्रभावमा त्यस क्षेत्रको जमिन उपयोगमा आउने परिवर्तन मुख्य प्रभाव हो भने पूर्वाधारको संरचनाले सर्वसाधारण र सरकारको केहि निश्चित जग्गा अतिक्रमण गर्ने छ। आयोजनाका विभिन्न संरचनाहरुको निर्माणका लागि कुल ५६४५ हे. जग्गा आवश्यक पर्नेछ जसमध्ये ५६३० हे. स्थायी रूपमा १५ हे. स्थायी रूपमा प्रयोग गरिनेछ । कुल ५६३० हे. स्थायी जग्गा मध्ये ४९३९.६१ हे. सरकारी जग्गाबाट र ६९०.३९ हे. निजी जग्गाबाट प्रयोग गरिनेछ। १५ हे. अस्थायी जग्गा मध्ये १० हे. सरकारी जग्गाबाट र ५ हे. निजी जग्गाबाट प्रयोग गरिनेछ।

यस आयोजनाका लागि कुल ४९४९.६१ हे. सरकारी जग्गा आवश्यक पर्नेछ जस मध्ये ४९३९.६१ हे. (१२०१.८० हे. सामुदायिक वन क्षेत्रबाट, ११६.६८ हे. सरकारी वनबाट, १६२१.६३ हे. डिभिजन वन कार्यालय अन्तर्गतको खोलाको बगरबाट र १९९९.५० हे. (४६.४४ हे. संस्थाहरु, ६८९.४२ हे. कित्ताकाट भएको र १२६३.६४ कित्ताकाट नभएको) सरकारी एलानी जग्गाबाट)) स्थायी रूपमा र १० हे. डिभिजन वन कार्यालय अन्तर्गतको खोलाको बगरबाट अस्थायी रूपमा प्रयोग गरिनेछ।

यस आयोजनाका लागि स्थायी र अस्थायी दुबै रूपमा निजी जग्गा प्रयोग गरिनेछ । कुल ६९५.३९ हे. निजी जग्गा आवश्यक पर्नेछ जस मध्ये ६९०.३९ हे. स्थायी रूपमा र ५ हे. अस्थायी रूपमा प्रयोग गरिनेछ । आयोजनाका लागि (चुरे संरक्षण क्षेत्र) बाट कुल ११५,६३१ (८१,६४४ पोल र ३३,९८७ रुख) वटा विभिन्न रुखका प्रजातिका रुखहरु काटिनेछन् ।

कुल ११५,६३१ रुखहरुमा इलामबाट ११२,९१० र २,७२१ झापाबाट काटिनेछन् ।इलामबाट काटिने ११२,९१० रुखहरुमा,१०४,७६३ (७३,३१३ पोल र ३१,४५० रुख) रुखहरु सामुदायिक वन क्षेत्रबाट काटिनेछन् भने सरकारी वनबाट ८,१४७ (६,०२२ पोल र २,१२५ रुख) रुखहरु काटिनेछन् । झापाको सरकारी वनबाट २,७२१ (२,३०९ पोल र ४१२ रुख) रुखहरु काटिनेछन् । त्यसैगरि, आयोजनाबाट ७५१,६०२ रुखको बेर्ना प्रति हे. र २८९,०७८ रुखको लाथ्राको क्षति हुनेछ ।

त्यसैगरी, इलामको ४८९२.६१ हे. सरकारी जग्गा (चुरे संरक्षण क्षेत्र) प्रयोग गरे बापत आयोजना क्षेत्र वरिपरी सोही जिल्लामा जग्गा सट्टाभर्ना गरिनेछ र सो जग्गामा क्षतिपूर्ति स्वरुप १६०० प्रति हेक्टरको दरले ७,८२८,१७६ रुखको विरुवाहरु इलाम जिल्लाको तोकिएको स्थानमा वृक्षारोपण गरिनेछ।

त्यसैगरी, झापाको ५७ हे. सरकारी जग्गा (चुरे संरक्षण क्षेत्र) प्रयोग गरे बापत आयोजना क्षेत्र वरिपरी सोही जिल्लामा जग्गा सट्टाभर्ना गरिनेछ र सो जग्गामा क्षतिपूर्ति स्वरुप १६०० प्रति हेक्टरको दरले ९१,२०० रुखको विरुवाहरु झापा जिल्लाको तोकिएको स्थानमा वृक्षारोपण गरिनेछ। त्यसैले कुल ४९४९.६१ हे. सरकारी जग्गा (चुरे संरक्षण क्षेत्र प्रयोग गरे बापत कुल ७,९१९,३७६ रुखको विरुवाहरु तोकिएको स्थानमा वृक्षारोपण गरिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार आयोजनाको लागि इलामबाट काटिने ११२,९१० रुखहरुको सट्टामा १:१० अनुपातमा २,८२२,७५० रुखको विरुवाहरु इलाम जिल्लाको तोकिएको स्थानमा र झापाबाट काटिने २७२१ रुखहरुको सट्टामा १:१० अनुपातमा ६८,०२५ रुखको विरुवाहरु झापा जिल्लाको तोकिएको स्थानमा स्थानमा वृक्षारोपण गरिनेछ ।

त्यसैले, आयोजनाको लागि चुरे संरक्षण क्षेत्रबाट काटिने ११५,६३१ रुखहरुको सट्टामा १:१० अनुपातमा २,८९०,७७५ रुखको विरुवाहरु तोकिएको स्थानमा वृक्षारोपण गरिनेछ । यसरी लगाईएका रुखहरुको आयोजनाले ५ वर्ष सम्म रेखदेख गरि सम्बन्धित व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नेछ। यस आयोजनामा माई नगरपालिकाको ३५९७ घरधुरीहरू प्रभावित हुनेछन जसमध्ये ८४७ घरधुरीहरू आयोजनाबाट प्रभावित परिवार अन्तर्गत पर्दछन् र २७५० घरधुरीहरु घरधुरीहरु आयोजनाबाट अति प्रभावित परिवार अन्तर्गत पर्दछन् । 

प्रतिवेदनमा उल्लेख भए अनुसार आयोजनाले गर्दा १५९७.९७ मेट्रिक टन धान, ४४५ मेट्रिक टन गहुँ, १२०.२९ मेट्रिक टन मकै ह्रास हुनेछ। त्यसैगरि ४३३८.१७ मेट्रिक टन चिया, २०००० बन्डल निगालो, ३००० गोटा बाँस, २१.६०१ मेट्रिक टन प्रति हे. सुपारी, २३.२१ मेट्रिक टन तोरी, ७५०० के.जी सागसब्जी, ६६५० के.जी फलफुल र १४.६६३ मेट्रिक टन गेडागुडी नोक्शानी हुनेछ। निजी जग्गाबाट १५४०७ रुखहरु (पोल-१०७८५ र रुख-४६२२) काटिने छन्।

व्यक्तिगत स्वास्थ र सुरक्षा, खोलामा पानीको बहाव घट्नाले स्थानीयलाई पर्न सक्ने प्रभाव, आयोजना निर्माणको समयमा मानिसहरूको चहलपहलमा हुने वृद्धिले पर्ने प्रभाव, सार्वजनिक सेवा र संरचनामा दबाव बढ्न सक्ने मुख्य सामाजिक प्रभावहरू हुन्। आयोजना निर्माण तथा सञ्चालनका क्रममा केही कामदारले स्थायी रूपमा रोजगारी पाउनेछन्। आयोजना निर्माण गर्दा बढेको आर्थिक स्थिती आयोजना सञ्चालन अवधिमा घट्नेछ जसले गर्दा स्थानीय उत्पादनको बिक्री वितरण घट्नेछ । यसले गर्दा स्थानीय स्तरमा विभिन्न आर्थिक क्रियाकलापहरूमा परिवर्तन आउनेछ।

आपटार, किपाते, तामाखे, धोन्द्रे, खैरेनी, भानटार, कपरसुक, फूलबारी धापड, मुसेखोला गाँउ, मुसेटार, भलायोटार, लेबार टोल, तितर, चिलिङकोट, धनसार, गोलटार, सितली, गरुवा, सिङदालिटार, कामीटार,कट्टेलटार, तुङ्गानिटार, लक्स्मीखोला गाँउ, फूलबारी, माझबारी, मस्ते, डिपुडाँडा, विस्नेटार, बाघेचौरी, बाघेचौरी, कल्कटे, धकानेगाँउ, गरुवा शुक्रबारे, चम्कीडाँडा, धकाने गाँउ, भट्भटे, बडारे, सिम्ले, चेप्टिगाउँ, नेप्टी, डुडुङ्गे, लालजोडा, सुनजोडा, सिस्नेगाँउ, पूर्वी डुवान, हात्तिबेन, झन्डिडाँडा, पूर्वी झोला, कुसुमेटार जलाशयले डुबानमा पर्ने क्षेत्रहरु हुन् ।

आयोजनाले गर्दा २४ वटा स्कुलहरु, दनबारी स्वास्थ्य चौकी र माई अस्पताल, चन्डाल घाट, कोदावरी तिरतिरे घाट, लोडिया घाट र लक्ष्मी खोला घाट डुब्नेछ । त्यसैगरि आयोजनाले गर्दा निर्माणाधिन सिंचाई आयोजना डुब्नेछ र सानिमा जलविद्युत क्यास्केड, ७ मे. वा. र विद्युतीय पोलहरु डुब्नेछ ।

शुक्रबारे, सित्तली, बिहीबारे र मङ्गलबारे बजारहरु, कच्ची बाटो, ग्राभेल बाटो, निकास सातवटा कंक्रीट पुलहरु, चारवटा झोलुङ्गे पुलहरु, २७५० घरहरु, १८ वटा मन्दिरहरु, १० वटा चर्चहरु, तीनवटा पुलिस स्टेशनहरु, १० वटा चामलको मिलहरु, चारवटा फर्निचरहरु, १४ वटा टेलरिङहरु, सातवटा हस्तकलाहरु, १५ वटा लोहारहरु, दुईवटा दुधको डेरीहरु, एउटा बेकरी डुब्नेछन् । कनकाई नदी जलविद्युत आयोजनाको माथिल्लो तटीय क्षेत्रमा सानिमा जलविद्युत क्यास्केड, ७ मे. वा. रहेको छ।

-बिजपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer