२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालको जनसंख्या २ करोड ९१ लाख


झापा, माघ १२ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।  महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । यसअघि २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

विभागका अनुसार यसपटक जनसंख्या वृद्धिदर पनि घटेको छ । अहिले जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । २०६८ साल जनगणनामा जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो ।

यो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि १९९८ सालमा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत थियो ।

जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer