२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड खानेपानी देशकै उत्कृष्ट


बिर्तामोड, फागुन १ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दोस्रोपटक देशकै उत्कृष्ट भएको छ ।

यसअघि चार वर्षपहिले देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड खानेपानी यस वर्ष सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोषबाट उत्कृष्ट सेवाग्राही घोषित भएको हो । उत्कृष्ट घोषणासँगै बिर्तामोड खानेपानी पुरस्कृत पनि भएको छ ।

यही फागुन २ गते काठमाडौँको दरबार मार्गस्थित होटल याक एन्ड यतीमा हुन लागको कोषको ३४औँ वार्षिक उत्सवको अवसर पारेर बिर्तामोड खानेपानी संस्थालाई दोस्रो पटक पुरस्कृत गर्न लागिएको हो ।

खानेपानी सञ्चालन, पानीको गुणस्तरीयता, महसुल, लिकेजलगायतलाई आधार मानेर दसजनाको विज्ञ टोलीले गरेको मूल्यांकनमा आफूहरुको संस्था उत्कृष्ट बन्न सफल भएको संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताए ।

उनले यसअघि पर्शुराम सिटौला उपाध्यक्ष हुँदा सन् २०१८ मा पनि आफूहरुको संस्था उत्कृष्ट बनेको जानकारी दिए । आफूहरुको संस्थाले नगर विकास कोषबाट आयोजना सञ्चालन, मर्मत सम्भारका लागि लिएको ऋणको भुक्तानी, आयोजना समयमै सम्पन्न, उपभोक्ताहरुलाई दिएको सुविधाजस्ता मापदण्डमा संस्था अगाडि रहेको र त्यसैको प्रतिफल स्वरुप उत्कृष्ट घोषित भएको संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिए ।

संस्थाका संस्थापक अध्यक्ष टोरुप प्रसाईंले नेतृत्व सम्हालेदेखि नै बिर्तामोड खानेपानी संस्था अब्बल रहँदै आएको छ । पछिल्लो समय जलकुमार गुरुङले नेतृत्व सम्हालेयता यसको कुशल व्यवस्थापनका कारण यसले देशभरिमै आफ्नो पहिचान बनाउन सफल भएको हो ।
सामाजिक क्षेत्रसहित कोषले निर्धारण गरेको मूल्यांकनका आधारमा पुरस्कृत गर्न लागिएकोमा कोषप्रति संस्थाले आभारसहित धन्यवाद प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer