




बिर्तामोड, फागुन ७ । झापा चारआलीमा रहेको श्रीनाथ गणका प्रमुख सेनानी अमरजंग थापालाई एक कार्यक्रमका बीच विदाइ गरिएको छ ।


आज बिर्तामोड उद्योग वाणिज्य संघको अगवाईमा अतिथि सदनमा भएको कार्यक्रममा स्थानीय दुई दर्जनभन्दा बढी सामाजिक संघसंस्थाले सामुहिक विदाइ तथा सम्मान गरेका हुन् ।


संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा एकका लागि एक अभियानका संयोजक तथा सहारा नेपाल साकोसका प्रमुख महेन्द्रकुमार गिरी, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए ।


संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव अर्जुन मैनालीले गरेका थिए भने सम्मानपत्र वाचन युनिकम नपालका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले गरेका थिए ।
प्रमुख सेनानी थापालाई एकका लागि एक अभियान, बिर्तामोड उद्योग वाणिज्य संघ, नेपाल सुनचाँदी व्यवसायी संघ झापा, झापा गोल्ड कप, वीरता जेसीज, छठ समाज सेवा समिति बिर्तामोड, नेपाल दशनामी समाज झापा, युनिकम नेपाललगायत सामाजिक संघसंस्थाले सम्मानपत्र प्रदान गरेका थिए ।

