२०८१ मंसिर १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एक्सेलद्वारा सुपर मद्दती धमाका सुरु


बिर्तामोड, फागुन १२ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ मुद्दती योजना एक्सेल सुपर मुद्दती अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।

बैंकले ट्रिपल धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुणा रकम पाउनेछन् । हालको बचतले भविष्यमा पर्न सक्ने आवश्यकता पूरा गर्न मद्दत गर्न यस योजनाले सहयोग पुर्याउन सक्ने विश्वास बैंकले लिएको छ ।

त्यस्तै, एकको पाँच धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १५ वर्षमा अहिले जम्मा गरेको रकमको पाँच गुणा रकम पाउनेछन् । विशेषगरी साना बालबालिकाहरुलाई लक्षित गरी ल्याइएको यस योजनाले भविष्यमा शिक्षाको लागि आवश्यक ठुलो रकमको जोहो गर्न मद्दत गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

दुवै योजनाको लागि न्यूनतम रकम २५ हजार रुपैयाँ रहेको छ । साथै, बैंकका अन्य बचत तथा मुद्दतीका योजनाहरु एक्सेल मुद्दती खातामा ११.६५%, एक्सेल रेमिट मुद्दती खातामा १२.६५%, बचत खातामा ८.०५% सम्म र रेमिट बचत खातामा ९.०५% वार्षिक ब्याजदर प्राप्त हुने खाताहरु पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer