बिर्तामोड, चैत २९ । झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा करातेमा पूर्वखेलाडी भेषराज भण्डारी प्रशान्त नियुक्त भएका छन् ।
१ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चैत २४ गतेको बैठकले भण्डारीलाई चार बर्से कार्यकालका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भण्डारी करातेका पूर्वखेलाडी, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री हुन् । उनी अघिल्लो कार्यकालमा उपाध्यक्ष नियुक्त भएका थिए ।
उनी झापाका दर्जनौँ सामाजिक संघसंस्थामा आवद्ध छन् । झापा गोल्ड कपका सदस्य रहेका भण्डारी रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका निवर्तमान अध्यक्ष, वीरता जेसीजका पूर्वअध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सदस्य हुन् ।