बिर्तामोड, चैत ३० । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको अध्यक्षमा पुनः धनकुमार (डिके) गुरुङ चयन भएका छन् ।
आज बुधबार संघको कार्यालय बिर्तामोड बसपार्कमा भएको चौथो साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा भीममाया नेम्वाङ, सचिवमा मिलन हाङ्गाम लिम्बू, कोषाध्यक्षमा तारामणि श्रेष्ठ, सहसचिवमा नीरा भण्डारी र सहकोषाध्यक्षमा निर्मला गुरुङ चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा लक्ष्मी देवान, चन्द्रप्रसाद ओली, पवित्रा तामाङ, सुजन गुरुङ, अनुत सुब्बा, नरकुमार गुरुङ र शेरबहादुर गुरुङ रहेका छन् ।
साधारणसभाले पूर्वमेजर श्याम गुरुङको संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको छ । समितिका सदस्यहरुमा विष्णुप्रसाद योङहाङ, हिमालयप्रसाद कन्दङवा, सलबहादुर गुरुङ, अम्बरबहादुर गुरुङ, लक्ष्मण गुरुङ, रेनुका गुरुङ र पदमप्रसाद लिम्बू रहेका छन् ।
यसअघि कार्यक्रमका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कार्यक्रमको उद्घाटन गरेका थिए । साधारणसभाको अवसर पारेर बिर्तामोड नगर अस्पतालकी नर्सिङ अधिकृत ओमकुमारी गुरुङ र प्रमुख अतिथि गुरुङलाई सम्मान गरिएको थियो ।