बिर्तामोड, बैशाख ६ । झापा जिल्ला फुटबल संघ (डिएफए झापा) को अध्यक्षमा पुनः भगिरथ आले ‘मामा’ सर्वसम्मत चयन भएका छन् । मामा संघका संस्थापक अध्यक्ष पनि हुन् ।
मामा संघको चौँथोपटक अध्यक्षमा चयन भएका हुन् । धुलाबारीमा सम्पन्न आठौँ साधारणासभाबाट मामाको नेतृत्व १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्षत्रयमा टिकाराम प्रसाईं, मनेष दाहाल र सञ्जय राई रहेका छन् । तीन उपाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । जसमा पाँचजनाले प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचित राईले सर्वाधिक मत ल्याए भने दोस्रो र तेस्रो मतमा प्रसाईं र दाहालको मत आएको थियो । नयाँ कार्यसमितिको सदस्यमा टेकराज तिलिङ, अमिर श्रेष्ठ, जीवनकुमार मोते, वसन्त श्रेष्ठ, नोभेम्वर नेम्वाङ, बुद्धराज लिम्बू, किशोरकुमार कार्की, सन्तोष राई रहेका छन् ।
महिला सदस्य पुनम सुब्बा चयन भएकी निर्वाचन समितिका अध्यक्ष अजय घिमिरेले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।
निर्वाचन कार्यक्रममा अखिल नेपाल फुटबल संघका वष्ठि उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, पूर्वप्रमुख टहलदास मैनालीलगायतको आतिथ्यता रहेको थियो ।