
बिर्तामोड, जेठ ७ । पछिल्लो समय व्यावहारिक शिक्षा अध्ययन गर्ने विद्यार्थी बढेसँगै कलेजहरु पनि थपिन थालेका छन् । खासगरी विद्यार्थीको रुचि होटल मेनेजमेन्टमा बढ्दै गएको छ ।

विद्यार्थीको मागलाई ध्यानमा राखेर झापाको काँकरभिट्टामा पनि होटल मेनेजमेन्ट र हस्पिटालिटी सम्बन्धी कलेज सञ्चालनमा आएको छ ।
सूर्योदय सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको मातहतमा रहनेगरी स्प्रिङडेल कलेज अफ हस्पिटालिटी मेनेजमेन्ट सञ्चालनमा आएको हो ।

सिटिइभिटी र इटिभिएबाट मान्यता प्राप्त कलेजमा दुई दशकभन्दा बढी अनुभवी शिक्षकहरु रहेको कलेजले जनाएको छ । एसइइको परीक्षा दिएर बसेका विद्यार्थीले अध्ययन गर्न पाउने कलेजमा पढाइसँगसँगै जागिर पनि गर्न पाउने छन् ।

कलेजमा होटल मेनेजमेन्टको क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव संगालेका विजय क्षेत्री, दिपेश श्रेष्ठ र नीरज श्रेष्ठले प्रशिक्षण दिँदै आएकाले पनि विद्यार्थीले अन्य कलेजको भन्दा बढी शिक्षा पाउने कलेजको दाबी छ । विजय क्षेत्री र दिपेश श्रेष्ठ सिटिइभिटीको एसेसर पनि हुन् ।

कलेजमा विद्यार्थीले १२ को पढाइसँगै डिप्लोमा इन होटल मेनेजमेन्टको पनि अध्ययन गर्न सक्ने छन् । पढाइ सकेर विद्यार्थीले होटलमा मात्र नभई बैंक, एयरलाइन्स, अस्पताल तथा पर्यटन क्षेत्रमा पनि सहजै जागिर मिल्नेगरी अध्यपन गराइने शिक्षक तथा सञ्चालक क्षेत्रीले जानकारी दिए ।

स्प्रिङडेलमा व्यवस्थित र आधुनिक प्रयोगशाला रहेको छ भने कलेजमा दैनिक प्रयोगात्मक अभ्यासहरु गराइने कलेजले जनाएको छ । कलेजल विद्यार्थीलाई हरेक तीनतीन महिनामा स्थलगत अवलोकलमा समेत लैजाने गरेको छ ।
कलेजमा पढाइका अतिरिक्त सिटिइभिटीबाट सञ्चालित स्वरोजगारमुलक तालिमहरु निःशुल्क रुपमा विद्यार्थीलाई दिने व्यवस्था पनि रहेको छ । पढाइसँगै व्यक्तिगत तथा निःशुल्क लकरको सुविधा पनि रहेको छ ।
होटल मेनेजमेन्टका साथै कलेजमा बिजनेस स्टडिज, ट्राभल्स, टुरिजम, पवर्तारोहण र कम्प्युटर साइन्स जस्ता विषयको पनि अध्ययन गराइन्छ । कलेजमा यातायात र होस्टलको पनि व्यवस्था रहेको छ ।
जागिर तथा इनटर्नसिपका लागि भारत, मलेसिया, मालदिभ्स, युएइलगायतका देशमा पठाउनुका साथै विद्यार्थीलाई निःशुल्क सेलफ डिफन्स र ड्राइभिङको तालिम समेत दिइने क्षेत्रीले जानकारी दिए ।