
बिर्तामोड, जेठ १३ । बिर्तामोड फुटबल क्लबको अध्यक्षमा पुनः धनकुमार गुरुङ (डिके) चयन भएका छन् ।
आज बिर्तामोडमा सम्पन्न क्लबको १६ औँ साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
क्लबका उपाध्यक्षमा यादव खड्का र विनिता तामाङ, सचिवमा शेरबहादुर गुरुङ, कोषाध्यक्षमा भीम मुखिया सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, सदस्यहरु चन्द्रबहादुर तिम्सिना, अनिता सुब्बा, टंक गुरुङ र शान्ता तामाङ चयन भएका छन् ।
साधारणसभाले पाँच सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । समितिमा जलकुमार गुरुङ, होम पाण्डे, महेन्द्रकुमार गिरी, विनोद बस्नेत र गजेन्द्रबहादुर पौडल चयन भएका छन् ।