२०८२ भदौ २५ बुधबार
Jhapa Today
Adv top

नाट्टाद्वारा चरा खोजकर्ता खरेललाई सम्मान


बिर्तामोड, जेठ २९ । नाट्टा उत्कृष्ट सम्मान एवम् पुरस्कार यो वर्ष चरा खोजकर्ता देवेन खरेललाई प्रदान गरिएको छ ।

Adv block_7_1

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश नम्बर १ को शनिबार बिर्तामोडमा सम्पन्न १० औँ वार्षिक साधारणसभाका अवसरमा खरेललाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापा र नाट्टा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले खरेललाई नगद ५ हजार रूपैयाँसहित सम्मानपत्र र दोसल्ला प्रदान गरेका थिए ।

श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वक्ताहरूले पर्यटन व्यवसायीहरूको हकहित अधिकार प्राप्तिका लागि आपसमा एकजुट भएर अघि बढ्न जोड दिएका थिए ।

Adv sidebar_1

सरकारले हरेक वर्ष पर्यटनको क्षेत्रमा बजेट विनियोजन गरे पनि ठोस रूपमा कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरेका थिए । उनीहरूले देशभरका पर्यटन व्यवसायीहरू एउटै भएका राज्यले बजेट विनियोजन गर्दा समावेशी रूपमा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Adv top

कार्यक्रममा प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष थापा, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण शाह, नाट्टाका सल्लाहकार भविशकुमार श्रेष्ठ, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, नाट्टा सुदूरपश्चिम प्रदेशका सचिव शिवहरि पाण्डे, नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा, नेपाल पर्यटन बोर्डका अधिकृत सूर्य थपलिया, सम्मानित व्यक्ति देवेन खरेल, होटल व्यवसायी संघ १ नम्बर प्रदेश अध्यक्ष राजन श्रेष्ठ, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासचिव नवीन खरेलले सञ्चालन गरको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले स्वागत गरेका थिए ।

Adv footer