२०८१ असोज २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एनएसएल भदौ २५ देखि कात्तिक ५ गतेसम्म


बिर्तामोड, जेठ ३१ । प्रतियोगिता सञ्चालनका लागि सहजीकरण नभएको भन्दै स्थगित दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भदौ २५ देखि कात्तिक ५ गतेसम्म हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता गर्न आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई अनुमति दिएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल एनएसइएमले मागेकै मितिमा गर्न अनुमति दिएको हो ।

एनएसएलमा यसपटक १० टोलीको सहभागिता रहनेछ । विराटनगर सिटी एफसी, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।

स्पोर्टिङ इलाम दि मेची, वीरगन्ज युनाइटेड र झापा फुटबल क्लब पछि थपिएका टोली हुन् ।

यसअघि एनएसएलको २०७८ को चैत २५ देखि २०७९ जेठ १ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

आफ्ना खेलाडी क्लबको स्वीकृतिबिना अक्सनबाट लिनु उपयुक्त नभएको भन्दै ४ ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी), मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबले असन्तुष्टि जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer