२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा


बिर्तामोड, असार १७ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भोलि शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

Adv block_7_1

आज आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो ।

राष्ट्रव्यापी प्रतियोगितान्तर्गत ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा हुन लागेको ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा भएको एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखेले जानकारी दिए ।

खेलकुदको हबका रुपमा रहेको झापामा आयोजना हुने यो प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा हुनेछ भने राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको छ ।

प्रतियोगिताका लागि आवश्यक पर्ने खेलस्थल, प्राविधिक पक्ष, व्यवस्थापन लगायतका तयारीहरु पूरा भएको संघका महासचिव सुवर्ण श्रेष्ठले बताइन् । उनका अनुसार प्रतियागितामा २१ जना खेलाडीले सहभागिता जनाउने छन् ।

विभिन्न छवटा विधामा खेलाडीलाई पुरस्कृत प्रतियोगितामा पूर्वी नेपालमा पहिलोपटक हुन लागेको हो । प्रतियोगिताका लागि १६ लाख खर्च अनुमान गरिएको छ ।

प्रतियोगितामा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने श्रेष्ठले जानकारी दिइन् ।

Adv sidebar_1

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने महासचिव लाखेले बताए ।

कार्यक्रमको सहजीकरण एकेडेमीका उपमहासचिव मदन उप्रेतीले गरेका थिए भने केन्द्रीय सदस्य मेनका काफ्लेले खेलाडीले शुभकामना व्यक्त गरेकी थिइन् ।

Adv footer