२०८१ असोज २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा एफसीद्वारा आफ्ना खेलाडीलाई नगदसहित सम्मान


बिर्तामोड, असार २६ । झापा फुटबल क्लब (झापा एफसी) बिर्ताबजारले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको आफ्नो क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ ।

Adv sidebar_3

आज आइतबार बिर्तामोडको चारपानेमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई झापा फुटबल क्लबले पुरस्कृत तथा सम्मान गरेको हो ।

कार्यक्रममा एनी स्पोटर्सका सञ्चालक सन्तोष थोप्रालाई समेत सम्मान गरिएको थियो । खेलकुद क्षेत्रको प्रबर्द्धनमा योगदान गरेबापत उनलाई सम्मान गरिएको थियो ।

जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार ५०० रुपैयाँ प्रदान गरिएको थियो ।

खेलाडीलाई प्रोत्साहन गर्न क्लबले पुरस्कृत गर्ने निर्णय गरेको क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए । क्लबका खेलाडी तथा अफिसियल ३० जनालाई जनही ११ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो ।

स्वयम्भु फुटबल क्लबलाई लिगको अन्तिम खेलमा ४–२ ले पराजित गर्दै झापाले ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको थियो । लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोडेको थियो ।

झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको सम्मान कार्यक्रम बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा भएको हो ।

Adv sidebar_1

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रसाईं, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, पूर्वजनप्रतिनिधि तथा सामाजिक अगुवा लोकबन्धु कन्दङवालगायतले खेलाडी तथा अफिसियललाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नगरउपप्रमुख नगेन्द्र संग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, बिर्तामोड २, ५, ६ र १० नम्बरका वडाध्यक्षहरु, समाजसेवी मदनगोपाल सुब्बा, राजकुमार पोखरेलको उपस्थिति रहेको थियो ।

Adv block_7_1

क्लबका सचिव सिएम खनालले सहजीकरण गरेको कार्यक्रममा क्लबका उपाध्यक्ष केशवराज दाहालले स्वागत गरेका थिए ।

झापा फुटबल क्लबका खेलाडी तथा अफिसियलः

सञ्जय गुरुङ, टेकेन राना मगर, पेमा तामाङ, लक्ष्मण बेघा लिम्बू (कप्तान), सुमन मगर, विशाल थिङ तामाङ, सञ्जोग मगर, मनिष योङहाङ, पारस कार्की, पुजन राई, विशाल खवास, सन्दीप लिम्बू, निखिल तामाङ, दिनेश मुर्मू, विश्वास सुब्बा, सिद्धार्थ अधिकारी, विक्रम राई, आशिष गुरुङ, शान्तिराम बस्नेत, युवराज तामाङ, खगेन्द्र बयलकोटी, विशाल राई ए, हरिबहादुर मगर ।

टिम व्यवस्थापकः पेम्बु गुरुङ, टिम सहायक व्यवस्थापकः गोपाल राई, मुख्य प्रशिक्षकः अंकुरकुमार खड्गी, गोलकिप्पर प्रशिक्षकः रोशन शाह ठकुरी, व्यवस्थापकः सन्तोष गुरुङ र रमेश गुरुङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer