बिर्तामोड, असार ३० । झापाको बिर्तामोडमा फलफूलको स्वच्छ जुस बिक्री गर्ने उद्देश्यले हेल्थ स्टेसन एन्ड फ्रेस जुस नामको पसल सञ्चालनमा आएको छ ।
आज बिहीबारबाट सञ्चालनमा आएको पसलमा मौसमी तथा बेमौसमी सबै प्रकारका फलफूलको जुस पाइने सञ्चालक माधवकुमार झाले जानकारी दिए ।
बिर्तामोडको बिएन्डसी अस्पतालको भित्री गेटनजिकै सञ्चालनमा ल्याइएको पसलमा जुसका साथै ओट्स तथा अन्य पौष्टिक परिकारहरु पनि उपलब्ध रहेको झाले बताए ।
झाका अनुसार पसलमा चाँडै जिम गर्नेहरुका लागि आवश्यक पौष्टिक कुरा पनि बिक्री गरिनेछ । करिब छ लाख रुपैयाँको लगानीमा हेल्थ स्टेसन सञ्चालनमा आएको हो ।
पसलबाट आएको नाफाको १० प्रतिशत रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने झाले बताए । झाले यसअघि पनि आफ्नै खर्चमा सामाजिक काम गर्दै आएका छन् ।