२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनलाई नेपाल शिक्षा पुरस्कार


बिर्तामोड, असोज २८ । जिल्लामै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको इस्ट होराइजन मावि धुलाबारीले नेपाल शिक्षा पुरस्कार २०२२ पाएको छ ।

युएईको दुबईमा हिजो भएको एक विशेष कार्यक्रममा मासिक पत्रिका कलेज रिडर्सले होराइजनलाई ‘इमर्जिङ स्कुल अफ द एअर’अवार्ड प्रदान गरेको प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

No description available.

कलेज रिडर्सले नेपालको गुणस्तरीय शिक्षालय, विद्यालय, महाविद्यालय तथा शिक्षा उद्दमी एवम् शिक्षाविदहरुको अतुलनीय योगदानको पहिचान र कदर गर्दै सम्मान प्रदान गर्दै आएको छ ।

शैक्षिक गुणस्तरका साथै खेलकुद, संगीत, नृत्य, हाजिरीजवाफ लगायत अतिरिक्त क्रियाकलापमा अब्बल रहेको इस्ट होराइजनलाई त्यसैका आधारमा अवार्ड प्रदान गरिएको हो ।

कलेज रिडर्स अंग्रेजी माध्यमबाट प्रकाशित भई विगत १५ वर्षदेखि निरन्तर नेपाली शैक्षिक÷प्राज्ञिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ ।

कार्यक्रममा ३४ शीर्षकमा नेपालका उत्कृष्ट शिक्षालाय, विद्यालय, महाविद्यालयहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, १६ शीर्षकमा शिक्षाविद, शिक्षासेवी तथा शिक्षा उद्यमीलाई सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

इस्ट होराइजनले यसअघि ब्रिटिस काउन्सिलद्वारा सञ्चालित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार आइएसए कार्यक्रमअन्र्तगत अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार जितेको थियो ।

व्यावहारिक शिक्षा र प्रयोगात्मक शिक्षण प्रणाली आजको आवश्यकता’ भन्ने नारालाई मनन् गर्दै विद्यालयले विभिन्न कार्यक्रमहरु विद्यार्थी माझ ल्याउने क्रममा ब्रिटिस काउन्सिलद्वारा सञ्चालित अवार्ड कार्यक्रम सन् २०१९–२०२० मा सञ्चालन भएको थियो ।

जसमा इस्ट होराइजनले प्रयोगात्मक परियोजना अन्तरगत सातवटा शीर्षकमा विभिन्न कक्षाका विद्यार्थीलाई परियोजना दिएको र सो परियोजना विद्यार्थीले सफलताका साथ सम्पन्न गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरको नागरिक उत्पादन गर्ने र ग्लोबल सिटिजनका रुपमा आफ्ना विद्यार्थीको विकास गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम विद्यालयले आफ्ना विद्यार्थी माझ ल्याएको इस्ट होराइजनका संस्थापक प्रिन्सिपल राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer