![](https://jhapatoday.com/wp-content/uploads/2022/10/hockeyp1-1024x625.jpg)
बिर्तामोड, असोज २८ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष हक्कीतर्फ शुक्रबार प्रदेश १ सहित चार टिम विजयी भएका छन् ।
आजको जितसँगै १ नम्बर प्रदेश समिफाइनलमा प्रवेश गरेको छ । प्रदेश १ ले बिहीबार सुदूरपश्चिमलाई १–० गोल अन्तरले हराएको थियो ।
![](https://jhapatoday.com/wp-content/uploads/2022/09/pathivara.jpeg)
हेम्जाको गौरीशंकर खेलमैदानमा जारी प्रतियोगिताको दोस्रो खेलमा मधेश प्रदेश र प्रदेश १ बीचको खेलमा प्रदेश १ विजयी भएको व्यवस्थापक जगन कार्कीले जानकारी दिए ।
१ नम्बर प्रदेश ४–१ गोल अन्तरले विजयी भएको हो । खेलको २७औँ, ५९औँ र ५०औँ मिनेटमा प्रदेश १ का खेलाडी रिसव चौधरीले गोल गर्दै टिमलाई योगदान दिएका थिए ।
![No description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/301915071_1063512954302123_4331870716962606957_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=XyexZrSgGJ4AX-2EeHV&_nc_ht=scontent.fktm1-1.fna&oh=03_AVJfryBZOgiFFEpYeyUgF2GLq6tRRCfGFMu-qxfF55UYuw&oe=636AC05A)
त्यसैगरी, खेलको ३२औँ मिनेटमा मधेश प्रदेशका खेलाडी अमितकुमार श्रीवास्तवले गोल गरेका थिए । खेलको ४०औँ मिनेटमा पुनः प्रदेश १ का खेलाडी कृष्ण तामाङले एक गोल गरेपछि टिमलाई ४–१ मा पुर्याएका थिए ।
त्यस्तै, पहिलो खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश १–१ गोलको बराबरीमा रोकिएका छन् । खेल बराबरीमा रोकिए पछि दुवै टिमले १–१ अंक बाड्न बाध्य भएका छन् ।
तेस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६–० अन्तरको फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
समय अभावका कारण बिहीबार हुन नसकेको बागमती प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल आज दिउँसो भएको थियो । उक्त खेलमा बाग्मती प्रदेश विजयी भएको छ ।