![](https://jhapatoday.com/wp-content/uploads/2022/10/pg-1.jpg)
पोखरा, असोज ३० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ ले पहिलो स्वर्ण पदक प्राप्त गरेको छ ।
![](https://jhapatoday.com/wp-content/uploads/2022/09/pathivara.jpeg)
आइतबार भएको स्विमिङमा प्रतियोगितामा प्रदेश नम्बर १ ले स्वर्ण पदक जितेको हो ।
स्विमिङको ५० मिटर ब्रेस्ट स्ट्रोक इभेन्टतर्फ प्रदेश नम्बर १ का विकास कुमालले स्वर्ण पदक जितेका हुन् । उनी मोरङका हुन् ।
![No description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/301915071_1063512954302123_4331870716962606957_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=XyexZrSgGJ4AX-2EeHV&_nc_ht=scontent.fktm1-1.fna&oh=03_AVJfryBZOgiFFEpYeyUgF2GLq6tRRCfGFMu-qxfF55UYuw&oe=636AC05A)
यसअघि पौडीमा प्रदेश १ का प्रारम्भ भण्डारीले २०० मिटर ब्याक स्ट्रोकमा रजत र सोही विधामा उपसना राईले कास्य जितेकी छन् ।
विकासको स्वर्णसँगै प्रदेश नम्बर १ ले आइतबारसम्म एक स्वर्ण, चार रजत र १३ कास्य गरी १८ पदक जितेको छ ।