२०८१ मंसिर १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

यु–१५ महिला साफको उपाधि नेपाललाई


बिर्तामोड, कात्तिक २५ । बंगलादेशमा आयोजना भएको साफ यु–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ ।

नेपाल सबै खेलमा अपराजित हुँदै च्याम्पियन बनेको हो । ढाकामा शुक्रबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन भयो ।

सुरुआती अग्रता बनाएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउन भने सकेन । रोमान्चक खेलमा बराबरी गर्दै नेपालले उपाधि रक्षा गरेको हो ।

खेलको १४ औँ मिनेटमा सुशस्ला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४ औँ मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याइन् ।

त्यसपछि खेलको ८९ औँ मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । तर, बंगलादेशक्की बिबी रिताको पेनाल्टी नेपालका गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहँदै नेपालले उपाधि उचालेको हो ।

बंगलादेश ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो । भुटानसहित ३ राष्ट्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन पद्धतिमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer