
बिर्तामोड, कात्तिक २९ । निर्वाचन आयोगले आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन निर्देशन दिने निर्णय गरेको हो ।
मौन अवधिदेखि मतगणना सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाउने सोही समितिको बैठकले निर्णय गरेको हो । यदि अटेर गरेमा जफत र जरिवाना गर्न समेत गृह मन्त्रालयमार्फत आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय झापाले भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकाहरु बन्द गर्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सूचना निकालेर नाका बन्द गर्न निर्देशन दिएका हुन् ।
मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म नाका बन्द रहने छन् ।